ईपीएलको खेल तालिका सार्वजनिक

(फोटो : NCSS देखी ।) 

एभरेस्ट प्रिमियर लिग यही पुष ३ गते देखि सुरु भएर १५ पुषमा सकिनेछ । ईपीएलमा काठमाडौँ किंग्स ११, ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीयटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी ६ वटा टिम रहेका छन् । लिगको खेल तालिका सार्वजनिक भईसकेको छ । खेल तालिका हेर्न यहाँ क्लिक गर्नुहोला । सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुने छ । लिग चरणको खेल पुष ११ गते सकिनेछ भने १२ गते पहिलो क्वालिफायर र इलिमिनेटर हुनेछ । पुष १३ गते दोश्रो क्वालिफायर हुनेछ । पुष १५ गते शनिबार फाइनल खेल आयोजना हुनेछ । काठमाडौँ किंग्स ११ को मार्की खेलाडी सोमपाल कामि, ललितपुर प्याट्रियट्सको मार्की ज्ञानेन्द्र मल्ल, बिराटनगर वारियर्सको मार्की पारस खड्का, भैरहवा ग्ल्याडीयटर्सको मार्की शरद भेसावकर, पोखरा राइनोजको मार्की शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की दिपेन्द्र ऐरी रहेका छन् । एभरेस्ट प्रिमियर लिगको बिजेताले २१ लाख रुपियाँ पाउनेछ ।

Responsive ad code here

https://ocmcm.lumbini.gov.np/

Responsive ad code here

Youtube Channel Image
Ramit Maski Rana Subscribe To watch more Songs
Subscribe