केन्यासँगको अन्तिम खेल पनि नेपालले जित्यो


नेपालले केन्यासँगको तेश्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा ६ बिजयी भएको छ । ३ खेलको एकदिवसीयमा यो जित सँगै क्लिनस्विप गरेको हो । यस्अघी पाँच खेलको टी–२० शृंखला ३–२ ले आफ्नो पक्षमा पारेको तियो । 

२५६ रनको बिशाल लक्ष्य पछ्याएको नेपालले ४ विकेट गुमाएर ४७.१ ओभर मै पुरा गरेको हो । नेपालको लागि ३ ब्याट्स्म्यानले अर्धशतक बनाए । आसिफ शेखले ५६ रन, अर्जुन साउदले ५८ रन र बसिर अहमदले ५२ रन बनाए । यस्तै, ज्ञानेन्द्र मल्लले ३३ रन र कप्तान रोहित पौडेल ४६ रन बनाए । 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली केन्याले ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको थियो । केन्याको कोलिन्स ओबुयाले सर्वाधिक ८४ रन बनाए । लुकास डन्डासन ५९ रनमा नट आउट रहे भने सुखदेव सिंह ३७ रनमा आउट भए । नेपालका सोमपाल कामी र अदिल अन्सारीले समान २ विकेट लिए ।    

Responsive ad code here

https://ocmcm.lumbini.gov.np/

Responsive ad code here

Youtube Channel Image
Ramit Maski Rana Subscribe To watch more Songs
Subscribe