स्क्रब टाईफस वा बुश टाईफस इन्ट्रासेलुलर परजीवी ओरिएन्टिया सुत्सुगामुशी "Orientia tsutsugamushi" नामक ब्याक्टेरियाबाट लाग्ने रोग हो । सबैभन्दा व्यापक र गम्भीर रिकेट्सियल संक्रमणहरू मध्ये एक हो । स्क्रब टाईफस संक्रमित चिगर (लार्भा माइट्स) को टोकाइबाट मानिसमा सर्छ । सबैभन्दा पहिले यो रोगको पहिचान जापानमा भएको मानिन्छ ।
लक्षणहरू
स्क्रब टाईफसका लक्षणहरू सामान्यतया टोकेको ७-१० दिन पछि सुरु हुन्छन् । मुसामा हुने किर्ना अर्थात् माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल वा घर वरिपरिको झाडीमा देखिनेगर्छ ।
- धेरै ज्वरो आउनु (१०४ डिग्री फरेन्हाइटभन्दा बढी) । काम ज्वरो आउन पनि सक्छ ।
- धेरै टाउको दुख्नु
- आँखा रातो हुनु
- पसिना धेरै आउनु
- शरीर र मांसपेशी दुखाई
- झाडापखाला लाग्नु
- किराले टोकेको ठाउँमा रातो दाग देखिन सक्छ । पछि कालो दाग बस्न सक्छ ।
- मानसिक परिवर्तन, भ्रम देखी कोमा सम्म
ओरिएन्टिया सुत्सुगामुशीको अधिक विषालु स्ट्रेनले रक्तस्राव र इन्ट्राभास्कुलर कोगुलेसन निम्त्याउन सक्छ । जुन उपचार नगरेमा घातक हुन सक्छ ।
बच्ने उपायहरू
- खेतबारीमा काम गर्दा, वनजङ्गल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउने
- सम्भव भएसम्म लामो जुत्ता लगाउने
- घाँसबारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने
- सम्भव भएसम्म भुइँमा नबस्ने कुर्ची वा खाटमा सुत्ने बस्ने
- घर वरिपरिका खेताबारीमा झाडी, घाँस तथा घुरान धेरै बढ्न नदिने र वातावरण सफा राख्ने
- मुसा नियन्त्रण गर्ने
रोकथामहरू
- स्क्रब टाईफसबाट बच्न कुनै खोप उपलब्ध छैन ।
- स्क्रब टाईफस हुने आफ्नो जोखिमलाई संक्रमित चिगरहरूसँगको सम्पर्कबाट जोगिनुपर्छ ।
- स्क्रब टाईफस हुने क्षेत्रहरूमा यात्रा गर्दा, धेरै वनस्पति भएको क्षेत्रहरू र चिगरहरू भेटिने ठाउँहरूमा जानुहुदैन ।
स्क्रब टाईफस कसरी एक-अर्कामा सर्छ ?
स्क्रब टाईफस मुसामा लाग्ने किर्ना जस्तो देखिने सानो किराको टोकाइबाट मानिसमा सर्छ । स्क्रब टाईफस सरुवा रोग हो तर मान्छेबाट मान्छेमा यो रोग सर्दैन ।
स्क्रब टाईफस कसलाई बढी हुने सम्भाबना हुन्छ ?
विशेष गरेर यो मनसुन सिजनमा खेतबारीमा काम गर्ने, बगैचामा काम गर्ने र समग्रमा भन्ने हो भने झाडी र घाँसपातमा बढीजसो समय बिताउने मानिसमा स्क्रब टाईफस हुनसक्ने सम्भावना बढी रहेको पाईन्छ ।
निदान र परीक्षण
स्क्रब टाईफसका लक्षणहरू अन्य धेरै रोगका लक्षणहरू जस्तै हुन्छन् । स्क्रब टाईफस फेला परेको क्षेत्रमा समय बिताएपछि माथि सूचीबद्ध लक्षणहरू देखा परेमा आफ्नो पायक पर्ने स्वास्थ्य सस्थामा परामर्श लिनुपर्दछ । तपाईंको स्वास्थ्य सेवा प्रदायकले स्क्रब टाईफस वा अन्य रोगहरू हेर्न रगत परीक्षण गर्न आदेश दिन सक्छ । प्रयोगशाला परीक्षण र परिणामहरूको रिपोर्टिङ धेरै दिन लाग्न पनि सक्छ, त्यसैले परिणामहरू उपलब्ध हुनु अघि तपाईंको स्वास्थ्य सेवा प्रदायकले उपचार सुरु गर्न सक्छ ।
उपचार
स्क्रब टाईफसको उपचारमा सबैभन्दा बढी प्रयोग हुने एन्टिबायोटिक डोक्सीसाइक्लिन वा टेट्रासाइक्लिन हो, तर क्लोराम्फेनिकोल यसको विकल्प हो । डोक्सीसाइक्लिन जुनसुकै उमेरका व्यक्तिहरूमा प्रयोग गरेको पाईन्छ । डोक्सीसाइक्लिनको साथ प्रारम्भिक उपचार गरिएका मानिसहरू सामान्यतया चाँडै निको हुन्छन् ।
References
- https://en.wikipedia.org/wiki/Scrub_typhus
- https://en.wikipedia.org/wiki/Orientia_tsutsugamushi
- https://www.bbc.com/nepali/media-49835906
- http://www.faculty.ucr.edu/~legneref/medical/scrubtyphus.htm
- https://link.springer.com/chapter/10.1007/978-3-319-46859-4_16
- https://emedicine.medscape.com/article/971797-overview
- https://www.cdc.gov/typhus/scrub/index.html