सफल लाईभ दोहोरी गायिका निर्जला गुरुङसँग नव गायक रमित मास्की रानाले भेरी र कर्णाली भन्दै दोहोरी गीत युटुबमा रिलिज गरेका छन । २ बर्ष अघी सार्वजनिक भएको गीत " भेरी र कर्णाली - Bheri Ra Karnali " शान्ती श्री परियार र शक्ती चन्दले स्वर दिएका थिए । चन्दकै लय/शब्द/स्वरमा सार्वजनिक भएको गीतमा गुरुङ र रानाले लाईभ दोहोरीमा न्याय दिन खोजेका छन । निर्जला गुरुङले राजु परियार, मिलन लामा, रामजी खाड, चिज गुरुङ, सागर बिसी र राजु गुरुङ थुप्रै सफल गायकहरु सँग दोहोरी गाईसकेका छन भने पाल्पाली नव गायक रमित मास्की रानाले गुरुङलाई टक्कर दिन खोजेका छन । रमित मास्की रानाले दिल बसेको दिल्ले, अधेरी रात, आकाशैको जुनमा जस्ता गीत रेकर्ड गरिसकेका छन ।
{tocify} $title={बिषयसुची}भेरी र कर्णाली लाईभ दोहोरीमा रमित रानालाई घमन राना र प्रभु राज पाण्डेले साथ दिएका छन भने निर्जला गुरुङलाई रेवती पौडेल, ममता खड्का र मनिषा मगरले साथ दिएका छन । दोहोरीमा भुपु मायालाई बिर्सनै लाग्दा निर्जला गुरुङलाई देखेसी भुपु मायाकै याद आएको, मगरको नजर तान्ने सम्पत्ति जुङ्गामा गुरुङ फिदा भएको यस्तै यस्तै शब्दहरुले दोहोरी भरिएको छ ।
अरु पुरै दोहोरी सुनौ हेरौ :
बाद्यबाधकहरु सारङ्गीमा राजेश गन्दर्भ, किबोर्डमा कपिल आरके मगर, बासुरीमा मोहन गोर्खाली, ढोलकमा खेम राना मगर र मादलमा संगीत राना र लुक्मन घर्ती रहेकाछन । भिडियोमा कौसिक घर्ती र चन्दन बोहोरा रहेका छन । अडियो/भिडियो दुर दर्पनले गरेको हो ।