Resham रेशम

चर्चित युवा गायक प्रकाश दुतराजले नयाँ गीत "रेशम" सार्वजनिक गरेका छन । सार्वजनिक गीतमा उनी र गायिका मेलिना राईको युगल स्वर रहेको छ । दुतराजको मेलिना राईसँग यसअगाडी करोड क्लवमा प्रवेश गरेको "जुन माया" र "रिमै" पछिको यो अर्को सहकार्य हो । गीतको शब्द र संगीत प्रकाश दुतराजकै हो । संगीत संयोजन बि.बि. अनुरागीले गरेका छन ।

{tocify} $title={बिषयसुची}

यसको भिडियोमा एक गोठालोको प्रेम कथालाई देखाइएको छ । भिडियोमा प्रकाशसँगै बिमला लिम्बुको अभिनय रहेको छ । अनिल के. मानन्धरको छायांकन, मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशनमा भिडियो तयार भएको हो भने नवीन घर्ती मगरको सम्पादन रहेको छ । दुतराजको "रिमै", "जुन माया", "जाम भो माईली", "बैनी झ्यालैमा", "घर कता हो बैनीको", "पछ्यौरीको तातो", "सँगै जिउने मर्ने", "मन भुल्छ", "फूल लाउथे शिरमा" जस्ता थुप्रै सांगितिक श्रृखला निकै रुचाइएको थियो ।

भिडियो :



लिरिक्स :

( हो हो हो तिम्ले हेर्दा नि मलाई मात लाग्ने
हो हो हो तिम्ले गरेको मिठो बात लाग्ने ) 2

( मोहनी लायौ रेशम एकोहोरो भए
सम्हाली राख्देउ रेशम छोडेर नगए ) 2

सम्हाली राख्देउ रेशम छोडेर नगए

( हो हो हो तिम्रो बोलीमा के छ र भुलाउने
हो हो हो तिम्रो हासोले फुलई फुलाउने ) 2

( अल्झिए म त रेशम जाल थाप्यौ के ले
दिएको बोली रेशम बचनै नफेरे ) 2

दिएको बोली रेशम बचनै नफेरे

( हो हो हो तिम्रो दिन भन्दा झलिको रातैमा
हो हो हो तिम्रो हासेको फोटो साथैमा ) 2

( छैन भो मनमा रेशम छल कपट भन्ने
नसम्झे हुन्थ्यो रेशम सम्झिन्छ यो मनले ) 2

नसम्झे हुन्थ्यो रेशम सम्झिन्छ यो मनले

( हो हो हो म त हेरेर थाक्ने भईन नि
हो हो हो म त आफु झैं आफै रहिन नि ) 2

( भेट हुने दिन रेशम फेरी कहाँ आउला
चिनो देउ रुमाल रेशम हेरी मन बुझाउला ) 2

चिनो देउ रुमाल रेशम हेरी मन बुझाउला

( हो हो हो छैन आफुको भन्ने केही पनि
हो हो हो एउटै दिल थियो लग्यौ तेइपनी ) 2

( घर बार छैन रेशम के गरी बसौली
दुखीलाई हेर्यो रेशम जिबन भर फसौली ) 2

दुखीलाई हेर्यो रेशम जिबन भर फसौली

( हो हो हो हजुर मागेकी छैन सुन चुरा
हो हो हो हजुर नबुझ्ने म नि कहाँ छु र ) 2

( बसुम्ला सुख रेशम दुखैमा राख
चाहिदैन अरु रेशम पाएसी तेई काख ) 2

चाहिदैन अरु रेशम पाएसी तेई काख

( हो हो हो चरी कहाँ जाने होला घुमेर
हो हो हो चरी झै गयौ बैस उमेर ) 2

( नजरै लाउला रेशम गाउँ घरै सारा
बचनको पक्का रेशम पार्दिन बितरा ) 2

बचनको पक्का रेशम पार्दिन बितरा

( हो हो हो सम्झ्यौ मन मुटु खान्छ कटक्कै
हो हो हो सम्झ्यौ दुखीलाई बिर्स्यौ चटक्कै ) 2

( मन सित्तल हुन्न रेशम सिमली छायाले
दिएको बचन रेशम बिर्स्यौ कि मायाले ) 2

दिएको बचन रेशम बिर्स्यौ कि मायाले

.....

Responsive ad code here

https://ocmcm.lumbini.gov.np/

Responsive ad code here

Youtube Channel Image
Ramit Maski Rana Subscribe To watch more Songs
Subscribe